रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा – Dastabej

रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा


  • दस्तावेज

  • नेपालगन्ज ।  रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका सुन्दर हरिजनको नामबाट छुटेका सुर्खेतका  तेजबिकम शाह भारतको उत्तर प्रदेशको जेलमा रहेको खुलेको छ । उनलाई लागू ओसध मुद्दामा भारतिय प्रहरीले पक्राउ गरेको हो ।

    कारागार प्रकरणबारे थप प्रमाण जुटाउन नेपाल प्रहरीको अनुसन्धान टोली शाहलाई भेट्न भारत जाने तयारीमा रहेको स्रोतले जनाएको छ । शाहका नाममा रकम जम्मा गर्ने व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । ‘प्रहरीको फरार सूचीमा रहेको व्यक्तिका नाममा किन र केका लागि रकम जम्मा भयो भन्ने विषय पनि शंकास्पद देखिन्छ,’ स्रोतले भन्यो ।

    ईकान्तिपुरले समाचारमा  ज्नाए अनुसार शाहका नाममा रोल्पा कारागारमा सजाय भुक्तान गरिरहेका बाँकेको नेपालगन्जका सुन्दर हरिजन गत जेठ ४ मा शौचालयमा मृत अवस्थामा फेला परेका थिए । कारागार प्रशासनको अभिलेखअनुसार शव शाहको परिवारलाई बुझाउने प्रक्रिया अघि बढाउँदा मात्रै उनी हरिजन भएको खुलेको थियो । त्यसपछि अनुसन्धान गर्दा हातहतियार खरखजाना र फिरौती असुलको कसुरमा जेलमा रहेका सुर्खेत बराहताल–१, घोडाआँखेका शाह सुन्दर हरिजनका नाममा जेलबाट छुटेर फरार भएको खुलेको थियो ।

    हरिजन र शाहलाई २०७७ मंसिर ८ मा बाँके कारागारबाट रोल्पा कारागार सारिएको थियो । त्यसको करिब २ महिनापछि पुस २८ मा शाह छुटेका थिए ।

    उनी चोरीको अभियोगमा दोषी ठहर भई रोल्पा कारागारमा रहेका हरिजनले भुक्तान गरेको सजाय आफ्नो नाममा देखाएर छुटेका थिए ।

    छुटेको केही सातामै शाह भारत पसेको र पछि लागूऔषध मुद्दामा पक्राउ परेर उतैको कारागारमा रहेको स्रोतले जनाएको छ । सुर्खेतका एसपी पदम विष्टका अनुसार रोल्पा कारागारबाट छुटेपछि शाह दोस्रो विवाह गरी भारत पसेका थिए । हरिजनले भुक्तान गरेको सजायमा शाह छुटेको पाइएपछि गृह मन्त्रालयद्वारा सहसचिव सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा गठित समितिले स्थलगत छानबिन गर्दैछ । उता बाँके जिल्ला अदालतले हातहतियार मुद्दामा शाहलाई २ महिनाअघि दोषी ठहर गरेको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार ०७:४५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला