खर्च विवरण बुझाउन ताकेता - Dastabej

खर्च विवरण बुझाउन ताकेता


  • दस्तावेज

  • पर्वत, २५ जेठ रासस) ःस्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आग्रह गरेको हो । गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यालयले अनिवार्य रुपमा खर्चविवरण उपलब्ध गराउन माग गरेको हो ।

    निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि खर्चको सीमा तोकेको थियो । सोेही मापदण्डभित्र निर्वाचनको खर्च गर्नुपर्ने भए पनि अधिकांश उम्मेदवारहरुले अत्यधिक मात्रामा खर्च गरेका समाचारहरु आइरहँदा कार्यालयले आयोगले तोके अनुसारको मापदण्ड र खर्च विवरणअनुसार बुझाउन आग्रह गरेको हो ।

    यही जेठ ३० गतेभित्र सबै विजयी भएका वा विजयी हुन नसकेका सबै उम्मेदवारहरुलाई विवरण उपलब्ध गराउन सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।

    नगरपालिका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजारसम्म र वडाध्यक्षले रु दुई लाखसम्म र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो ।
    –––

  • २५ जेष्ठ २०७९, बुधबार १२:२८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न