जस्ले जे भनोस तिम्रो चट्टानी अडान कायम रहो।
हिजो पनि देश को लागि तिमिले ज्यान को बाजि लगायका हौ।कहिलेकाहीँ धेरै बोल्दा बिदाद मा आउछौ।यद्द्पी तिमी नेतृत्व मा थियनौ तर पनि महाकाली सन्धी मा केही बिवाद मा आयौ।
आज तिमिले गरेका राम्रा काम रास्ट्र र जनता को लागि छ्न तर पनि तिम्रो बिरोध नै आफ्नो सम्मान सम्झिनेले राम्रो कामको पनि स्वागत गर्न सक्दैनन।स्वार्थ र आडम्बर त्यागेर अगाडि बढ यहाँ मरेपछी मात्र मानिस को सम्मान गरिन्छ।
1)तिमी पहिलो संविधानसभा मा सदस्य थियेनौ तर पनि देश लाई 11-15 सम्म जातीय र क्षेत्रीय टुक्रा (राज्य) बन्न बाट रोक्न तिम्रै महत्त्वपूर्ण योगदान छ।
2)संविधानजारी गर्दा तत्कालीन रास्ट्रपति देखि विभिन्न देशी तथा बिदेशी सक्तिकेन्द्रले रोक्न खोज्दापनि चट्टानी अडान का साथ संविधानजारी गर्न हिम्मत दिने तिमी नै हौ।
3)संविधानजारी पछि नाकावन्दिलाइ नाकाबन्दी हो भन्ने तिमी मात्र हौ र नेपाली जनताको साथमा नाकाबन्दी को ड्टेर मुकाबिला गर्नु का साथै उत्तर नाका बाट समुद्र सम्म जाने बाटो तय गरेर नेपाल लाई सदाको लागि नाकाबन्दि बाट मुक्ती गर्ने तिमी नै हौ र अहिले उत्तर दक्षिण दर्जनौ बाटा बनिरहेका छन।
4)जारी संविधानमा असहमति जनाउने शक्तिहरुलाइ समेत सहमति गराइ सर्बसम्मत तरिकाले संविधान संसोधन गरि बर्तमान संविधानलाई सर्बस्विकार्य बनाउने काम तिम्रै नेतृत्व मा भएको हो ।
5) संविधान र बर्तमान ब्यबस्था को बिरोध गर्दै हतियार उठाएका शक्ति बिप्लव र सि के रावत लाई सहमति का साथ संविधानिक दायरामा ल्याइ सदाका लागि देशलाई द्वन्द्वबाट छुटकारा दिने काम तिम्रै नेतृत्व मा भयको हो।
6) देश मा उत्तर -दक्षिण ,पुर्व -पश्चिम् रैलमार्ग को पुर्वाधार,नेपाल को जल मार्ग बाट समुद्र सम्म पहुच को चर्चा,सुरुङ्ग मार्ग बाट यातायात छिटो छरितो गराउन सकिन्छ र्नेपालको पनि समुद्रमा आफ्नो अधिकार र पहुच हुन सक्दछ भन्ने सपना देखाउने तिमी नै हौ।
7)यता तिम्रो अध्ययन क्षमताको म कदर गर्दछु।नेपालका नेताहरु मध्ये बिषय मा अध्ययन गरेर मन्तव्य ब्यक्त गर्ने मा तिमी पर्दछौ।तर पनि कुनैकुनै बेला थप खोजमुलक अभिव्यक्ति ब्यक्त गर्दा बिवाद मा तानिन्छौ र अन्य ब्यक्तीहरु लाई अध्ययन गर्न बाध्य बनाउछौ।
तिम्रा अभिव्यक्ति बिषय केन्द्रीत भयपनी लामो हुने गर्दछन 21औ शताब्दी मा समय को विशेष महत्त्व छ तसर्थ POINTWISE छोटो मीठो अभिव्यक्ति दिदा राम्रो हुने छ।