आगलागीबाट जलेर दुई घर नष्ट – Dastabej

आगलागीबाट जलेर दुई घर नष्ट


  • दस्तावेज

  • कर्णाली, २७ जेठ रासस) गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ । त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबँेसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

    राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार ११:०३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश