गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध – Dastabej

गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध


  • दस्तावेज

  • गोरखा, २७ जेठ रासस) लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पु¥याएको छ ।

    बाढी र पहिराले १० घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिनुभयो ।

    त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिराले क्षति पु¥याएको प्रहरीले जनाएको छ । छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

    उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ । बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ ।

    यता गोरखाको बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक खण्डमा पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सिरानचोक गाउँपालिका ७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार ११:५७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश