मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध – Dastabej

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध


  • दस्तावेज

  • सिन्धुपाल्चोक, २७ जेठ रासस) लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।

    गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गर्नुभएको छ ।

    “अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, वैकल्पिकरूपमा बाहुनेपाटीको पुल प्रयोग गर्न सकिन्छ”, प्रमुख तामाङले भन्नुभयो, “फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ ।”
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार १२:०६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश