पहिरोले भोटखोला जाने सडक अवरुद्ध – Dastabej

पहिरोले भोटखोला जाने सडक अवरुद्ध


  • दस्तावेज

  • किमाथाङ्का, २७ जेठ रासस) ःलगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिनुभयो ।

    आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।

    सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार १२:३३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश