भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित – Dastabej

भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित


  • दस्तावेज

  • नयाँदिल्ली, जेठ २७ रासस÷एएनआई)भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।

    बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत रहेको छ ।

    गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् ।

    भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
    ¬¬¬¬¬–––

  • २७ जेष्ठ २०७९, शुक्रबार १२:५६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश