जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने – Dastabej

जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने


  • दस्तावेज

  • फुङ्लिङ, २७ जेठ रासस) जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो ।

    जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ । नौ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष गरी ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार १३:१२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश