चीन र अमेरिकी रक्षामन्त्री बीच सिङ्गापुरमा भेट हुने – Dastabej

चीन र अमेरिकी रक्षामन्त्री बीच सिङ्गापुरमा भेट हुने


  • दस्तावेज

  • बेइजिङ, २७ जेठ, रासस–एएफपी)संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरू बीच शुक्रबार सिङ्गापुरमा साङ्ग्रि–ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।
    चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन बीच हुने उक्त वार्ता अस्टिनले पदभार ग्रहण गरेपछि पहिलो पटक हुँदैछ। विश्वका शीर्ष सैन्य अधिकारीहरू, कूटनीतिज्ञहरू र हतियार फर्महरूको लागि एक मञ्च, साङ्ग्रि–ला संवाद जुन १० देखि १२ सम्म दक्षिणपूर्वी एसियाली शहरमा आयोजना हुँदैछ।

    कोभिड–१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिदैछ। चीन र अमेरिकाले हालैका वर्षहरूमा लगभग पूरै दक्षिण चीन सागरमा बेइजिङको दाबीका साथै ताइवानमाथिको चर्काचर्कीलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

    सत्तारुढ कम्युनिष्ट पार्टीले प्रजातान्त्रिक, स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भएको दाबी गरेको छ र आवश्यक परे एक दिन बल प्रयोग गरेर भए पनि कब्जा गर्ने वाचा गरेको छ।
    त्यस्तै हालसालै युक्रेनमा रुसको आक्रमणलाई लिएर दुई पक्षहरू विवादमा परेका छन् । यसै बीच वाशिङ्गटनले बेइजिङले मस्कोलाई मौन समर्थन गरेको आरोप लगाएको छ। चीनले भने युद्ध अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ तर रुसको कार्यको निन्दा गर्न छोडेको छ र युक्रेनलाई अमेरिकी हतियार अनुदानको बारम्बार आलोचना गर्दै आएको छ ।
    –––––

  • २७ जेष्ठ २०७९, शुक्रबार १६:५१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश