नेपालगन्ज उपमहानगरका प्रमुख,उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड – Dastabej

नेपालगन्ज उपमहानगरका प्रमुख,उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड


  • दस्तावेज

  •  

    नेपालगन्ज – देशकै सबैभन्दा पुरानाे बैंक नेपाल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दिन राईलाई बधाई तथा शुभकामना दिदै बित्तीय गतिविधिमा सहकार्यका बिषयमा छलफल गरेकाे छ ।
    बैंकको तर्फबाट नेपालगन्जस्थित सिटी अफिसका सहायक शाखा प्रवन्धक धर्मराज काेइराला र धम्बोझी शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्री नेतृत्वकाे टिमले शुक्रबार नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दियाे ।

    साे अवसरमा बैंकको तर्फबाट नेपालगन्जका सेवाग्राहीलाई सरल र सहज तरिकाले बित्तीय सेवा प्रदान गरिरहेकाे जानकारी दिदै उपमहानगरसङ पनि सहकार्य गर्न तयार रहेकाे अवगत गराइयाे ।

    नगर प्रमुख बिष्ट र उपप्रमुख राईले हरेक सेवाग्राहीलाई सहज तरिकाले सेवा उपलब्ध गराउनुपर्नेमा जाेड दिदै नेपाल बैंकसग सहकार्य गर्ने बारेमा छलफल गर्नुभएको थियाे ।
    नेपाल बैंक देशकै पहिलाे बैंक हो भने अहिलेकाे आर्थिक समस्याकाे बेलामा समेत बैंकको निक्षेप तथा कर्जा प्रवाह उत्कृष्ट छ ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १७:१४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश