बाँके जिल्ला समन्वयको प्रमुखमा चौधरी बिजयी – Dastabej

बाँके जिल्ला समन्वयको प्रमुखमा चौधरी बिजयी


  • दस्तावेज

  • बाँके जेठ २७ गते ।बाँके जिल्ला समन्वयको प्रमुखमा चौधरी बिजयीजिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित हुनुभएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित हुनुभएको हो । चौधरीले १३ मत र कुर्मीले ३ मत पाउनुभयो ।

    यस्तै महिला सदस्यमा जसपाबाट नेपालगन्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगन्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित हुनुभएको छ ।

    नवनिर्वाचित चौधरीले पालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो ।

    अघिल्लो कार्यकालमा उपप्रमुख भएर निर्वाह गरेको अनूभवलाई समेत मध्यनजर गरेर अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । यस्तै निर्विरोध नवनिर्वाचित उपप्रमुख सीता कार्कीले पनि सबै पालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

    उहाँले नीति, नियम र कानुन अनसार कार्य गरिने बताउनुभयो । जिल्ला समन्वय समितिमा काँग्रेसले स्पष्ट वहुमत हासिल गरेको छ ।

    सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १७:५२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश