एकै दिन दुई ठाउँमा बाघको आक्रमण – Dastabej

एकै दिन दुई ठाउँमा बाघको आक्रमण


  • दस्तावेज

  • चितवन, २७ जेठ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ । ती घटनामा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ । भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो ।

    स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाइवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईवाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको छाती र कुममा चोट लागेको छ ।

    आजै बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) लाई अर्काे बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते थिङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले आजै नियन्त्रणमा लिएको हो ।

    उक्त टोलीले सोही क्षेत्रबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

    उक्त बाघलाई निकुञ्जको सौराहा सेक्टरमा रहेको खोरमा राखिने छ । उक्त भाले बाघको उमेर भने खुलेको छैन । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
    –––

  • २७ जेष्ठ २०७९, शुक्रबार १८:१४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश