बाह्र वर्षीय आयुष्माको आम्दानी – Dastabej

बाह्र वर्षीय आयुष्माको आम्दानी


  • दस्तावेज

  • तनहुँ, २८ जेठ ः ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् । स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन् ।

    बाँसको चोयाबाट निर्मित नाङ्गलो प्रतिगोटा रु दुई सयदेखि रु तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिनुभयो । छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच÷छवटासम्म नाङ्गलो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

    दिनमा पाँचवटासम्म नाङ्गलो बुन्ने र दिनमा रु एक हजारका दरले कमाई गर्दा मासिक रु तीस हजारसम्म कमाई गर्न सकिन्छ । उहाँले भन्नुभयो, “हाम्रो पुख्र्यौली पेसा भनेकै नाङ्गलो, डोका, थुन्से र डालो बनाएर बिक्री गर्ने हो र यसैबाट जीविकोपार्जन गर्न बाध्य छौँ ।” त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुख्र्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ ।

  • २८ जेष्ठ २०७९, शनिबार १३:३२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला