बेपत्ता युवकको शव इनारमा फेला – Dastabej

बेपत्ता युवकको शव इनारमा फेला


  • दस्तावेज

  • चन्द्रौटा, २८ जेठ : कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

    श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

  • २८ जेष्ठ २०७९, शनिबार १५:०९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश