आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या – Dastabej

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या


  • दस्तावेज

  • चरीकोट, २९ जेठ रासस) दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पु¥याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् ।

    ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेकोे जानकारी दिनुभयो । उहाँले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने,झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पु¥याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो । जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् । बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौँलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पु¥याएको थियो ।
    –––

  • २९ जेष्ठ २०७९, आईतवार १०:५९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश