आइएसओ मान्यता – Dastabej

आइएसओ मान्यता


  • दस्तावेज

  • चितवन, २९ जेठ चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी)ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उहाँले जानकारी दिनुभयो । नेपालमा यसअघि छवटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उहाँले भन्नुभयो, “मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका हौँ ।”

    प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताउनुभयो । यसको प्रमाणपत्र नं ‘एमएलएस–००५’ रहेको छ । डा यादवले अस्पताल र प्रयोगशाला टिमको सबै सदस्यको लामो समयको मेहेनत र परिश्रमले आइएसओ प्राप्त गरेको बताउनुभयो ।

    प्रमाणपत्र पाउनका लागि अस्पतालले २५८ प्रकारका कागजात तयार पारेको थियो । अहिले ल्याब्रोटेरी मेडिसिन विभागअन्तर्गत अस्पतालमा साना–ठूला १२ वटा एकाइ सञ्चालनमा छन् ।

    अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधैँ गुणस्तरीय रहन्छ । त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन ।” चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौँ र विदेश पठाउनु नपर्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अब यहाँको नमूना चर्काे शुल्क र लामो समय लगाएर विदेश परीक्षण गराउन पठाउनु पर्दैन ।”
    –––

  • २९ जेष्ठ २०७९, आईतवार १२:५१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश