- २९ जेष्ठ,बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा शनिबार बेलुकी मोटर साईकल दुर्घटनाम परि बर्दियाका सुर्य प्रकाश ओलिको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका लु ८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश ओलीको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
अर्को मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।