भिरबाट लडेर वृद्धको मृत्यु – Dastabej

भिरबाट लडेर वृद्धको मृत्यु


  • दस्तावेज

  • पाँचथर, २९ जेठ रासस) ःजिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

    शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार १५:५३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश