ढिस्कोमा च्यापिएर दाजुभाइको मृत्यु – Dastabej

ढिस्कोमा च्यापिएर दाजुभाइको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । सडक निर्माण भैरहेको रोल्पाको दाउन्ने भिरबाट लडेर एकै परिवारको दाजु भाईको मृत्यु भएको छ । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका  घटनामा उक्त गाउँ निवासी प्रकाश खड्काका दुई छोराहरु ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्काको च्यापेर मृत्यु भएको हो ।

    मुख्य सडकबाट भित्री गाउँ लैजाने सडक खन्दा ढिस्कोले बालकलाई पुरेपछि स्थानीयले प्रहरीसँग सहयोग मागेका थिए । घटना हुँदा आमा घरमै थिइन् । बालकका बुबा प्रकाश भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

    ढिस्को खस्दा स्काभेटर रोकेर चालक खाना खान पुगेका थिए । घटनापछि प्रहरीलाई उद्धारमा खटाइएको र ढिस्को खनेर बालकको शव निकालिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

  • २९ जेष्ठ २०७९, आईतवार १६:०७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश