भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित – Dastabej

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित


  • दस्तावेज

  • नयाँ दिल्ली, जेठ २९ रासस÷एएनआई० भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ ।

    शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ ।

    कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।

    भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
    ¬¬¬¬¬–––

  • २९ जेष्ठ २०७९, आईतवार १७:१७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश