नेपालगन्ज । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी डा. आरजु देउवा राणा आउने संघीय निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा जुटेकी छन् ।
उनी निकट स्रोतका अनुसार कैलालीबाट निर्वाचन लड्ने तयारीमा जुटेकी उनी कैलालीमा स्थानीय तहको निर्वाचन परिणामपछि बर्दिया रोज्न पुगेकी हुन । कैलालीमा टिकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी १ नम्बरमा जम्न सफल भएको छ । थारुहरुको मत सांसद रेशमको पार्टीतिर बढी आकर्षित भएपछि डा. राणा मुड चेन्ज गरी बर्दियालाई निर्वाचन क्षेत्र बनाउने तयारीमा जुटेको स्रोतको भनाई छ ।
त्यसो त डा. राणाको माईती घर बर्दिया मधुवन नगरपालिका ढोढरीमा पर्छ । उनकी आमा प्रतिभा राणा यसअघि राष्ट्यि प्रजातन्त्रबाट बर्दियाबाट पटकपटक निर्वाचन लडे पनि पराजित भएकी थिईन ।
डा. राणा गएको संविधानसभा निर्वाचनमा कैलालीबाटै निर्वाचन लडे पनि पराजित भएकी थिईन । स्रोतले भन्छ, कैलालीमा नागरिक उन्मुक्ति पार्टी उदाएको देखिएपछि डा. राणाको पक्षमा जनमत आउने सम्भावना निकै कम छ । त्यसैले उहाँ रिक्स नलिई बर्दियाबाट चुनाव लड्ने मुड बनाउनु भएको हो ।
कैलालीबाट कारागारमा रहेका सांसद रेशमकी श्रीमति रन्जिता थारु श्रेष्ठ निर्वाचन लड्ने तयारीमा जुटेकी छन् । उनी कैलालीमै रहेर सक्रियरुपमा नागरिक उन्मुक्ति पार्टीको प्रचार प्रसारमा जुटेकी छन् । थारुहरुको घरघरमा पुुगेर थारु भाषामै पार्टीलाई अगाडि बढाउन भेला तथा छलफल गरिरहेकी छन् । बर्दिया क्षेत्र न. १ बाट हाल कांंग्रेसका सांसद सन्जय गौतम छन् ।