टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध – Dastabej

टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध


  • दस्तावेज

  • कञ्चनपुर, ३१ जेठ रासस)ःशुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।

    अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले बताउनुभयो ।

    अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ । अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन् । टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
    –––

  • ३१ जेष्ठ २०७९, मंगलवार ११:०४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश