केही स्थानमा भारी वर्षा – Dastabej

केही स्थानमा भारी वर्षा


  • दस्तावेज

  • काठमाडौँ, ३१ जेठ रासस) ःजल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

    उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, बागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश नं एक तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले औँल्याएको छ । —

  • ३१ जेष्ठ २०७९, मंगलवार १२:४८ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश