नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक – Dastabej

नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक


  • दस्तावेज

  • झापा, ३१ जेठ रासस) मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ । नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।
    –––

  • ३१ जेष्ठ २०७९, मंगलवार १४:०० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश