बुर्किना फासोमा संदिग्ध जिहादीद्वारा कम्तीमा पचास जनाको हत्या – Dastabej

बुर्किना फासोमा संदिग्ध जिहादीद्वारा कम्तीमा पचास जनाको हत्या


  • दस्तावेज

  • उगादुगुउ, ३१ जेठ रासस÷एएफपी)उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिनुभएको छ । जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्ये एक हो ।

    शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको बिल्गोले बताउनु भएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उहाँले थप जानकारी दिनु भएको छ ।

    पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलन भन्नु भएको छ । ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ । यसले घटनाको निन्दा गर्दै ‘यस हत्याको परिस्थितिमा प्रकाश पार्न’ आह्वान गरेको छ ।

    यस क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेर करिब तीन हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन्।भूपरिवेष्ठित सहेल राज्य सात वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा छ जसले दुई हजार भन्दा बढीको ज्यान लिइसकेको छ र करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।
    –––

  • ३१ जेष्ठ २०७९, मंगलवार १४:४३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश