सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु – Dastabej

सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु


  • दस्तावेज

  • खार्तुम, ३१ जेठ रासस÷सिन्ह्वा) ः सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै १०० मानिस मारिएका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् ।

    डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

    स्थानीय अरब मिलिसियाले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन् ।

    राष्ट्रसङ्घीय अधिकारीले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि निरन्तर हँुदै आएको बताएका छन् ।

    उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपाय खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् ।

    जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

    डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो ।

    त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको हो ।
    –––

  • ३१ जेष्ठ २०७९, मंगलवार १६:४० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश