नेपालगन्ज । बाँके र बर्दियाका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटको तयारीमा जुटेका छन् । त्यसका लागि गाउँसभाको तयारी धमाधम भइरहेको छ । स्थानीय सरकारले असार १० भित्र गाउँसभा गर्नुपर्ने संबैधानिक व्यवस्था छ ।
गाउँसभा अगाडि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्ने, सुझाव सङ्कलन, माग र स्थानीयको आवश्यकता र माग सङ्कलन गर्नु पर्ने हुन्छ । तर, पालिकाहरुले भने वडास्तरबाट बस्तीको आवश्यकता माग गर्न चासो दिएको देखिदैन ।
बाँकेको नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, जानकी डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिका रहेका छन् । त्यस्तै, बर्दियाको गुलरिया, बाँसगढी, राजापुर, बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र बढैयाताल र गेरुवा नगरपालिका रहेका छन् ।
स्थानीय सरकारले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गर्नुपिर्ने प्रवधान छ । योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याउनु पर्छ । विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाको सुझाव सङ्कलन, राजस्व परामर्श समितिको बैठकमा छलफल गर्नुका साथै बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिको बैठकमा छलफल गरी गाउँ सभाको तयारीमा जुटेका छन् ।