४ असार २०७९ बर्दिया, बढैयाताल ,बर्दिया अपांग पुनस्र्थापना केन्द्रको अध्यक्षमा सस्थाका सस्थापक अध्यक्ष नेत्र प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
सस्थाको सातौ अबिधेशन वाट सापकोटा सर्बसम्मत निर्वाचित भएका हुन् ।
२०५९ सालमा स्थापना भएको बर्दिया अपांग पुनस्र्थापना केन्द्रका सस्थापक अध्यक्ष सापकोटा लाई बिस वर्षपछि दोश्रो पटक अध्यक्ष बन्ने अवसर प्राप्त भएको हो ।
आज सम्पन्न भएको अबिधेशन वाट बरिष्ठ उपाध्यक्षमा दिपबहादुर चन्द , महिला उपाध्यक्षमा सबिना थारु , कोषाध्यक्षमा चिन्तामणी कडेल, महासचिबमा दलबहादुर सुनार , सचिबमा तेज बहादुर ओली, सदस्यहरूमा रिता भण्डारी, राजकुमार थारु र चमेली थारु सर्बसम्मत निर्वाचित भएका छन् भने लेखा समितिको संयोजकमा सन्तोष देबकोटा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी गराए ।
सस्थाका निर्वतमान अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले भर्खरै सम्मन्न स्थानियतहको निर्वाचनमा भाग लिन राजिनामा दिए पछि अध्यक्ष पद रिक्त भएको र सस्थालाई प्रभाबकारी रुपमा अगाडी बढाउन सस्थाले करिब छ महिना अगाडी सस्थाको अबिधेशन गरेको जनाएको छ ।
सस्थाका महासचिब हरि प्रसाद पौडेलले आ.ब. २०७८ र०७९ प्रगति प्रतिबेदन तथा . २०७९ र०८०को प्रस्ताबित कार्यक्रम प्रस्तुत गरेको सस्थाले जनाएको छ ।