जिसस तनहुँको निर्वाचन असार १३ गते – Dastabej

जिसस तनहुँको निर्वाचन असार १३ गते


  • दस्तावेज

  • दमौली, ५ असार रासस)ःतनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ ।

    असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ ।

    जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा (माओवादी केन्द्र)को चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको छ । कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ । कांग्रेसले पाँच पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले चार पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ ।
    –––

  • ५ असार २०७९, आईतवार १३:०० प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला