दृष्टिविहिनले पाल्दै १२ जनाको परिवार – Dastabej

दृष्टिविहिनले पाल्दै १२ जनाको परिवार


  • दस्तावेज

  • kबाके | दृष्टिबिहिनका बारेमा आम व्यक्तिको सोंचाई र बुझाई नकरात्मक छ । केही गर्न नसक्ने, अरुको भारमा बाच्ने र परिवारिक बोझका रुपमा उनीहरुलाई परिभाषित गरिन्छ । तर नेपालगन्ज ६ का दृष्टिविहिन इम्तियाज अली (पहलमान) त्यस्ता गलत सोंच्नेलाई गतिलो झापड दिएका छन् । उनी अरुको भरमा होईन १२ जनाको परिवार एक्लैले मजाले पालेका छन् ।
    टन्नै कमाएको छु । परिवारका १२ सदस्यलाई पनि मजाले खुवाएको छु । राम्रो लगाउन दिएको छु,’ कालोकोटमा सजिएर कामका लागि कान्छा छोरासंगै हिडेका पहलमानले  भने,माग्न जानेको छैन । आफूले जानेको शीपले मासिक ३० हजार रुपैया भन्दा बढीनै कमाएको छु । आम्दानी भएकाले कसैको मुख ताक्नु परेको छैन ।’
    पहलवानको मुख्य आयस्रोत भनेको शरिर मसाज गर्नु हो । मसाज गरेबापत उनले ग्राहकसंग ३ देखि ४ सयसम्म पारिश्रमिक लिन्छन् । उनले एक दिनमा ४/६ जनालाई सेवा दिन्छन्, ग्राहको घरमै पुगेर । शनिबार र अन्य सार्वजनिक बिदामा उनलाई सेवा दिन भ्याई नभ्याई हुन्छ । दृष्टिबिहिन पहलमानबाट मसाजका बढी सेवा लिनेहरु हैसियत भएका खानदानीदेखि सरकारी अधिकारहरु हुन्छन् । नेपालगन्जस्थित नाम चलेका होटेलका ग्राहकलाई पनि उनले सेवा दिने गरेको बताए ।
    कहिल्यै नबिर्सिने गरी ग्राहकको मसाज गर्छु । एक पल्ट सेवा दिएपनि उहाहरु कहिल्यै बिर्सिनु हुन्न,’ पहलमानले खुसी हुदै सुनाए,मैले गरेको मसाजबाट खुसी भएर फेरिफेरि पनि बोलाउनु हुन्छ ।’ उनका ग्राहक समान्यदेखि करोडपतिसम्मका छन् ।
    दुई दशक अघि पहलमानले आखाको ज्योती गुमाएका हुन । त्यसअघि उनी नामी कुस्तीबाज थिए । नेपालगन्जका मात्रै होईन भारतका भिन्नि अखडामा कुस्ती लडेको उनको अनुभव छ । ‘कुस्ती लडेकै बेला प्रतिस्पर्धी पहलमानले निधारमा जोडले हिर्काएपछि विरामी भए“ । टाउको निकै दुख्थ्यो । दुई महिनापछि आखा देख्नै छोड्यो,’ उनले विगत सम्झे,कुस्तीले दृष्टि गुम्यो । परिवार पाल्न मसाज पेशा रोजियो ।’ कुस्ती खेलेकै कारणले उनलाई सबैले पहलमान भनेका हुन । अझै पनि सबैले उनलाई पहलमान भनेरै बोलाउछन् ।
    दृष्टिबिहिन भएपछि गुरुले मसाज गर्न सिकाएको उनको भनाई छ । गुरु जडीबुटीका औषधि बनाउने बैद्य थिए । सपाङ्ग व्यक्तिहरु समेत बेरोजगार भइरहेका बेला दृष्टिविहिन पहलमान भने शानका पेशा गरिरहेका छन् । उनी आफूसंगै मोबाईल बोक्छन् । ग्राहकका फोन आउन साथ सेवाका लागि हाजिर हुन्छन् ।
    उनको परिश्रमले पत्नि ६ छोराछोरी, बुहारी र नाती गरी १२ जनाको परिवार पालिएका छन् । पहलमान कान्छा छोरा रहमतअलीको सहयोगमा ग्राहकका घर आउजाउ गर्छन । त्यसो गर्दा छोरा बिद्यालय जान नपाएको उनको गुनासो छ । मलाई ग्राहकको घरसम्म यही छोराले लैजान्छ,’ उनले भने,मेरो कारणले यसको पढाई बिग्रिने चिन्ता लाग्छ ।’

  • ७ असार २०७९, मंगलवार ११:२४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला