अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग्ने युवा पक्राउ – Dastabej

अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग्ने युवा पक्राउ


  • दस्तावेज

  •  

    ७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने सप्तरीको राजगढ ३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा पक्राउ परेका छन् ।

    प्रहरीले अनुसन्धान गर्दा अपहरणको नाटक गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको हो । उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेका थिए । पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्‍न अपरहणको नाटक गरेको प्रहरीले जनाएको छ । फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ ।

     

  • ७ असार २०७९, मंगलवार १७:१२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला