थप १९ जनामा कोरोना, देशभर १२४ सक्रिय संक्रमित – Dastabej

थप १९ जनामा कोरोना, देशभर १२४ सक्रिय संक्रमित


  • दस्तावेज

  •  

     

    ७ असार, नेपालगन्ज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ७३१ जनाको पीसीआर परीक्षणमा १४ जना र १ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १२१ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७८६पुगेको छ ।  योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

  • ७ असार २०७९, मंगलवार १७:४० प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला