राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन – Dastabej

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन


  • दस्तावेज

  • काठमाडौँ, ७ असार / राष्ट्रिय खेलकुद परिषद् राखेप ले खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा अचुतम लामिछाने र हरिहर श्रेष्ठ हुनुहुन्छ ।

    राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले उहाँहरूलाई आज पत्र हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको समग्र विकासको लागि पनि खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गर्न आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना बनाउन जत्ति जरुरी छ त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभाव हुनुहुन्छ । यहाँहरूबाट मैले धेरै आशा गरेको छु ।”
    –––

  • ७ असार २०७९, मंगलवार २०:०२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला