>८ असार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् ।मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ ।द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् ।