भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार – Dastabej

भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार


  • दस्तावेज

  • दमौली, ८ असार भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन हुनुभएको छ । सङ्घको तेस्रो अधिवेशनबाट उहाँ पुनः सो पदमा चयन हुनुभएको हो ।सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन हुनुभएको छ ।

    अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल सङ्घका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष नवीन गुरुङलगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    –––

  • ८ असार २०७९, बुधबार ११:४१ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला