लुम्बिनीको सञ्चार बजेटको चर्को विरोध, कुन मिडिया र संस्थालाई कति बजेट ? – Dastabej

लुम्बिनीको सञ्चार बजेटको चर्को विरोध, कुन मिडिया र संस्थालाई कति बजेट ?


  • दस्तावेज

  •  

    ८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२ टेलिभिजन, २८ वटा पत्रिका, २६ वटा सञ्चार संस्था र ४७ वटा अनलाइन सूचिकृत छन् । लुम्बिनी प्रदेश सरकारले करिब साढे सात करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

     

    • प्रदेश सरकारले तिलोत्तमा नगरपालिका– ४ ठेगाना उल्लेख भएको तर हालसम्म कुनै गतिविधि नगरेको रुपन्देही सामुदायिक सञ्चार तथा अध्ययन केन्द्रको भवन बनाउन भन्दै ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
    • नेपाल पत्रकार महासंघ लुमिबनी प्रदेशको भवन बनाउन ३० लाख
    • कृष्णसेन स्मृति भवन बनाउन २५ लाख,
    • रुकुमपूर्व एफएम रेडियोको भवन निर्माणका लागि २० लाख
    • प्रतिबोध एफएम बाँकेको भवन बनाउन २० लाख
    • कपिलवस्तु एफएमको भवन बनाउन १० लाख
    • नवलपरासी पत्रकार महासंघको भवन मर्मत गर्न १० लाख
    • महासंघ बर्दियाको भवन बनाउन १० लाख
    • प्युठानको प्युठान, पाल्पाको मदनपोखरा र मुक्ति, परिवर्तन र गुर्बाबा एफएमको उपकरण खरिदका लागि प्रति एफएम ५ लाख
    • साझा टेलिभिजनलाई १० लाख रुपैयाँ व
    • पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई फर्निचर खरिदका लागि समेत ५ लाख बजेट छुट्याएको छ ।
    • नेपाल पत्रकार महासंघ रुपन्देहीलाई ५ लाख रुपैयाँ वजेट
    • सञ्चारिका समूहलाई २० लाख
    • रिपोर्टस् क्लबलाई १२ लाख दिएको छ ।
  • ८ असार २०७९, बुधबार १४:५७ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला