टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने – Dastabej

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने


  • दस्तावेज

  • अङ्कारा, ८ असार सिन्ह्वा टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो ।

    टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो ।

    यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ । सो बैठकमा संयुक्त राष्टसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुनुहुने भएको समाचारमा जनाइएको छ ।

    संयुक्त राष्टसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ । साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ ।

    यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ ।

    सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ ।
    –––

  • ८ असार २०७९, बुधबार १५:०१ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला