तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने – Dastabej

तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने


  • दस्तावेज

  • जुम्लाको तातोपानी गाउँपालिकाले पाँच खलङ्गा, ८ असार रासस शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।”

    अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिपरेको अध्यक्ष चौलागार्इंले जानकारी दिनुभयो ।

    अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । निःशुल्क रुपा दिइएको जग्गा पालिकाका नाममा पाससमेत भएर आइसकेको छ । अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बीस लाख लगानीमा डिपिआर तयार भएको छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।
    –––

  • ८ असार २०७९, बुधबार १५:०६ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला