कोरोना बिमाको रकम दिन उच्च अदालत नेपालगन्ज ईजलासको आदेश – Dastabej

कोरोना बिमाको रकम दिन उच्च अदालत नेपालगन्ज ईजलासको आदेश


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकाल संयुक्त इजलासले बिपक्षी बिमा कम्पनीहरुको नाममा आदेश जारी गरेको छ ।  रिट निवेदनको पक्षमा अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवल सिंह थारु लगायतले बहस गरेका थिए । बिपक्षी बिमा कम्पनीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी, भोलासिंह हमाल अधिवक्ता ईश्वरी ज्ञवाली बहस गरेका थिए ।

     

    कोरोना संक्रमणको बिमा गरेका बिमितले बिमा रकम पाउन नसकेको विषयमा नेपालगन्जका ७ जना अधिवक्ता र अधिकारकर्मीहरुले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा बिमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।

    बाँकेमा रहेका सिद्धार्थ, शिखर, राष्ट्रिय बिमा संस्थान लगायतका २० बिमा कम्पनीहरुले कोरोना बिमा गराए पनि सम्झौताअनुसार बिमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बिमितहरुको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, नेपाल बार एशोसिएसनका उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनीलकुमार श्रेष्ठ, अधिवक्ताहरु लोकबहादुर शाह, विश्वजीत तिवारी, बलबहादुर चन्द र इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गरेका थिए ।

  • ९ असार २०७९, बिहीबार ०७:२५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला