अपांगता संजालको लागि दुई दिने तालिम राजाुरमा – Dastabej

अपांगता संजालको लागि दुई दिने तालिम राजाुरमा


  • दस्तावेज

  • ९ असार २०७९ , राजापुर बर्दिया अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सदस्यहरुको लागि दुईदिने तालिम  बर्दियाको राजापुरमा संचालन भएको छ ।
    राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा संजालका सदस्यहरुको सवलीकरण सम्बन्धीको तालिम संचालन भएको हो । लुर्थन वल्र्ड फेर्डेशनको सहयोगमा समुदया सशक्तिकरण तथा विकासका लागि स्थानयि पहल –९ीक्ष्ऋभ्म्० परियोना अन्तरर्गत संचालित तालिममा राजापुर नगरपालिका वाट बिस जना अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको जनाईएको छ ।
    अपांगता भएका ब्यक्तिहरुको संजालको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संथाले जनाएको छ ।
    असार ८ गते देखि र ९ गते सम्म संचालन भएको तालिमको पहिलो दिन अपांगता सम्बन्धी बुझाई , धारणा, प्रकार , बर्गिकरण , अपांगताको अवस्था र सवालको बारेमा सहजिकरण भएको र ९ गते सरोकारवालाको पहिचान , सरोकारवालाको भुमिका , स्थानिय सरकारको दायित्व ,नेतृत्व बिकास र पैरबी योजनाका बिषयमा सहजीकरण गरीएको थियो । दुइदिन सम्म संचालन भएको तालिमको सहजिकरण बर्दिया अपांग पुर्नस्थापना केन्द्रका महासचिब दलबहादुर सुनारले गर्नु भएको आयोजक सस्थाका कार्यक्रम संयोजक जीतराम चौधरीले जानकारी दिनु भयो ।

     

  • ९ असार २०७९, बिहीबार ०८:१८ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला