साईकलमा बेहुली – Dastabej

साईकलमा बेहुली


  • दस्तावेज

  • नेपालगन्ज । घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने । ‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याएको ईकान्तिपुरले जनाएको  छ ।  मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।

    1. ईकान्तिपुरले अगाडि लेखेको छ यो दृश्य देखिरहेका छरछिमेक भने अचम्म मानेर हेर्दै थिए । पैदलयात्री पनि एकछिन रोक्किएर साइकलमा सवार बेहुला–बेहुली र तिनका साथीलाई हेर्थे । ‘म एक साइकलप्रेमी हुँ, स्वास्थ्यको हिसाबले पनि साइकल महत्त्वपूर्ण साधन हो’, बेहुला सापकोटाले भने, ‘महँगो पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन पनि विवाहमा साइकलको सवारी रोजेको हुँ ।’ नेपाल साइकल उत्सवका क्रममा उनले इलामदेखि मुगुको रारासम्म साइकल यात्रामा पनि गरेका थिए ।
  • ९ असार २०७९, बिहीबार ०९:५९ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला