बालबालिका र महिलालाई सूचना, सञ्चार प्रविधिबारे सचेतना - Dastabej

बालबालिका र महिलालाई सूचना, सञ्चार प्रविधिबारे सचेतना


  • दस्तावेज

  • भक्तपुर, ९ असार सूचना, सञ्चार र प्रविधिलाई शिक्षा तथा सीपसँग जोडेर लैजान अभिप्रेरित गर्न सञ्चालन गरिएको तीन दिने ‘महिला तथा बालबालिकामा सूचना, सञ्चार र प्रविधिसम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग एवं इलेक्ट्रो एमएस. इन्टरनेशनल नेपाल प्रालि भक्तपुरको आयोजनामा यहाँका ५५० विद्यार्थी तथा १२५ जना महिलालाई सूचना, सञ्चार र प्रविधिबारे जानकारी दिइएको थियो ।

    समापन कार्यक्रममा सांसद महेश बस्नेतले अहिलेको २१औँ शताब्दी सूचना र प्रविधिको युग भएको चर्चा गर्नुभयो । सूचना, सञ्चार र प्रविधिको प्रयोगले विश्वले धेरै प्रगति गरिरहेको चर्चा गर्दै उहाँले यो युगमा सबैभन्दा ठूलो सम्पत्ति सूचना, प्रविधिको ज्ञान नै भएको बताउनुभयो ।

    कार्यक्रममा समाजसेवी राधिका शाक्यले महिलाको विकास, उन्नति र सीप विकासमा सूचना र प्रविधिको प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले महिला हिंसा रोक्न प्रविधिको प्रयोगबाट अभियान चलाउन सुझाव दिनुभयो । कार्यक्रममा युवाराज घिमिरेले सूचना, सञ्चार र प्रविधिको प्रयोगकाबारेमा प्रशिक्षण दिनुभएको थियो ।

    सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्यनरत करिब ३०० छात्रछात्रा र चाँगुनारायण नगरपालिका दुवाकोटस्थित चाँगुनारायण माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत २५० छात्रछात्रालाई सूचना, सञ्चार र प्रविधिको सकारात्मक प्रयोगबारे जानकारी गराइएको थियो । विद्यार्थीलाई प्रशिक्षक युवराज घिमिरे, अनिता पाण्डे र पत्रकार रमेश गिरीले वर्तमान् समयमा सूचना, सञ्चार र प्रविधिको प्रयोग कसरी गर्ने र यसलाई शिक्षा एवं ज्ञानसँग जोडेर कसरी लैजान सकिन्छ, यसको दुरुपयोगले कस्ता घट्ना निम्त्याउछ भन्नेबारेमा जानकारी गराउनु भएको थियो ।—

  • ९ असार २०७९, बिहीबार १५:१५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार