बाँके । नेपालगन्जमा बुधबार महिला गैरसरकारी संस्था महासंघ गठनका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ । संकल्पा नेपालको आयोजनामा गरिएको कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका १४ जिल्लाका ३२ जना महिलाहरुको सहभागिता रहेको महिला गैरसरकारी संस्था महासंघका महासचिव शोभा बस्नेतले बताए । गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसकारी संस्था महासंघ भएता पनि महिलाहरु, उक्त महासंघमा नेतृत्वदायी भुमिकामा तुल्नात्मक रुपमा कम सहभागिता रहेकाले पनि महिला अधिकारको सवालामा आवाज उठ्न नसकेको बस्नेतको भनाई छ । अब महिला गैरसरकारी संस्था महासंघ गठन गरेर महिला अधिकारको सवाललाई थप उचाईमा पु¥र्याउन महासंघले भुमिका निर्वाह गर्ने उनले बताए । महिलाहरु माथि हुने हिंसा बिरुद्ध आवाज उठाउन र अधिकार स्थापित गर्नका लागि पनि महिला महासंघको आवश्यता रहेको गैरसरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष प्रिज्मसिंह थारुले बताए । कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघको रणनीति, उद्देश्य लगायत् महासंघले गर्ने काम, कर्तव्य तथा संस्थागत संरचना लगायत्का बिषयमा छलफल गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा ग्रमिण महिला उत्थान केन्द्र दाङ्गका अध्यक्ष असमानी चौधरी, फातिमा फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष मैमुना सिद्दकी लगायत्का महिला अधिकारका क्षेत्रमा वकालत गर्दै आएका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।