अख्तियारद्धारा प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध १,३८,९९, ९९८ को भ्रष्टाचार मुद्दा – Dastabej

अख्तियारद्धारा प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध १,३८,९९, ९९८ को भ्रष्टाचार मुद्दा


  • दस्तावेज

  • काठमाडौँ, १० असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आव २०७६/०७७ का लागि उपमहानगरपालिकाको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ ।

    प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

  • १० असार २०७९, शुक्रबार २१:०४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश