हत्याको आरोपमा १२ जना पक्राउ – Dastabej

हत्याको आरोपमा १२ जना पक्राउ


  • दस्तावेज

  • वीरगञ्ज, ११ असार  :जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन ।

    यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।

  • ११ असार २०७९, शनिबार ०९:३६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश