मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी – Dastabej

मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी


  • दस्तावेज

  • बर्दिया । नगरपालिका—४ का विशरानी थारुले वडाको सिफारिस नल्याएको भन्दै निकैबेर भारतबाट ल्याएको मल प्रहरीले छाडेन । उनीजस्तै मधुवन नगरपालकिा—४ का पतिराम थारु लगायत दर्जनौं किसानले पालिकाबाट सिफारिस नल्याएको भन्दै सीमामा तैनाथ प्रहरीले निकैबेर सोधपुछ गरेपछि छाडेको थियो । स्थानीयले केहीले सीमामा तैनाथ प्रहरीलाई नजराना दिएपछि सहजै छाड्ने गरेको आरोप लगाए ।

    करिब २० देखि २५ किमी दुरीबाट साइकल चढेर मल लिन आएका किसान एकातिर भारतीय र अर्कोतर्फ नेपाली सुरक्षाकर्मीको नमिठो भनाइ र सास्तीले दु:ख पाएको गुनासो पोखेका छन् ।

    बारबर्दिया—२ का सन्तराम थारुले सरकारले मल उपलब्ध गराउन नसक्दा भारतबाट ल्याउन लागेकोमा प्रहरीको कडाईले समस्यामा परेको बताए । एसएसबीले एक जनालाई एक बोरा(५०) किलो युरिया मल ल्याउन छुट दिएको छ,’ उनले भने, ‘बिहान ४ बजे भोक भोकै चिया नास्ता नखाएर मल लयाउन कति दु:ख झेल्नु परेको छ ।’ एक जनालाई एक बोरा मल ल्याए पनि खेतलाई नपुग्दा पुन: भारत जाँदा किसानलाई तस्करी गर्न आएको भन्दै दु:ख दिने गरेको किसानको गुनासो छ । भारतीय सीमामा १ हजारदेखि ११ सयसम्ममा ५० किलो मल खरिद गर्न पाइन्छ ।

    भारतबाट मल ल्याउन रोकटोक गर्न नहुने किसानको भनाइ छ । तस्करले भारतबाट ल्याएको मल महँगोमा बेच्ने गरेकोले त्यसलाई रोकथाम गर्न कडाइ गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । किसानलाई बिहानदेखि बेलुकीसम्म मल ल्याउन छुट दिएका छांै,’ उनले भने, ‘किसानका नाममा तस्करले मल तस्करी नगरुन भन्दै कडाइ गरेका छौं ।’

    कृषि सामग्री कम्पनीले वर्ष भरीका लागि ७ हजार मेट युरिया, ६ हजार मेट डिएपी र २ हजार १ सय मेट पोटास माग गरेको थियो । भैरहवास्थित कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालयले युरिया भने १ बोरा पनि पठाएको छैन । डिएपी ३ सय ५० मेट र पोटास १ सय ५० टन मल पठाएको कृषि सामग्री कम्पनीका प्रमुख मोहनसिंह केसीले बताए । करिब ५२ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने जिल्लामा न्यून मात्रामा पठाइएको मलले जिल्लाका समस्या ल्याएको कम्पनीका प्रमुख केसीले बताए ।

    सहकारी संस्थाले मलको माग गरिरहेपनि पुराउन नसकिएको प्रमुख केसीले जनाए । कम्पनीले सहकारी संस्थालाई मल उपलब्ध गराउँदै आएको छ । जिल्लामा १ सय १५ सहकारी संस्था रहेका छन् । ईकान्तिपुर ।

  • ११ असार २०७९, शनिबार १४:३७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश