शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने – Dastabej

शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने


  • दस्तावेज

  • काठमाडौँ, १५ असार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ ।

    यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो ।
    –––

  • १५ असार २०७९, बुधबार १८:०७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश