बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ? – Dastabej

बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?


  • दस्तावेज


  • बर्दिया — बांसगढी नगरपालिका—४ स्थित जनचेतना सामुदायिक वनमा चप्पल लगाएर झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ । करिव २४।२५ वर्षीया महिलाको शव शुक्रबार फेला परेको प्रहरीले जनाएको छ ।
    गाडा, रातो रंग साधारण फिता भएको चप्पल लगाएकी ती महिला चप्पलसहित रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि घटना रहस्यमय हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । महिलाले रातो रंगको कुर्ता र हरियो रंगकी सुरवाल लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । महिलाको शव जामुनको रुखमा ती महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला हो ।

    शव सडेको हुँदा ती महिलाको ४–५ दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १८ असार २०७९, शनिबार १३:४२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश