७८ जनामा कोरोना सङ्क्रमण – Dastabej

७८ जनामा कोरोना सङ्क्रमण


  • दस्तावेज

  • काठमाडौँ, २३ असार कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।

    सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ ।
    –––

  • २३ असार २०७९, बिहीबार १७:५९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश